गोंगबु आवास क्षेत्रमा पार्कको उदघाटन

काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिमा निर्माण गरिएको पार्कको उद्घाटन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा बनेको पार्कको बुधबार उदघान गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्याम तिवारीले पार्कको उदघाटन गरेको समितिका अध्यक्ष पाण्डवकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा नगर विकास योजनाका प्रमुख प्रकाश ढुङ्गाना र वडा सदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लवका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

गोंगबु आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य, पूर्वअध्यक्षहरूसहित टोलबासीहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिलालेख र हालको कार्यकालका सदस्यहरूको नाम समेत उल्लेख गरिएको शिलालेख पनि राखिएको छ ।

Published : Thursday, 2024 May 2, 8:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया