पुतलीसडकमा पिकअप र मोटरसाइकल ठोक्किदा २३ वर्षीय युवकको मृत्यु
काठमाडौं । काठमाडौंको पुतलीसडकमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदा २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ ।
मंगलबार राति काठमाडौं महानगरपालिका–२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र ०२–०२७ प ८२८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१२ बस्ने देउलाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका देउलाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल र पिकअप गाडी तिब्र गतिमा भएका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान छ ।
Published : Wednesday, 2024 May 1, 6:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया