ओली–सुहाङको भाषण सुनेर फर्कने क्रममा एमालेका १९ कार्यकर्ता घाइते
दमक । इलाम २ को विजयी जुलुसमा सहभागी भएर फर्कने क्रममा एमालेका कार्यकर्ता सवार गाडी दुर्घटना भएको छ ।
मंगलबार साँझ विजय जुलुसबाट फर्किएको को २ च ४४७ पिकअप गाडी इलाम नगरपालिका– ५ बिब्ल्याँँटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ जना एमालेका कार्यकर्ता घाइते भएका छन् ।
इलाम बजारको सभालाई एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि झापाको विर्तासीटी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताएका छन् ।
इलाम नगरपालिका– ५ का पिकअप चालक राजन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।
नेम्वाङको जितको खुसीयाली मनाएर फर्कने क्रममा एमालेका कार्यकर्ता दुर्घटनामा परेका हुन् । सभालाई नेम्वाङले पनि सम्बोधन गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया