बझाङमा कांग्रेसबाट खोस्यो एमालेले प्रदेशसभा

काठमाडौं । बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

एमालेका भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । सोमबार दिउँसो प्राप्त अनौपचारिक नतिजाअनुसार भण्डारी विजयी भएका छन् ।

निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको छ ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए ।

सिंहका निकटतम् प्रतिस्पर्धी एमालेका अफीलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

Published : Monday, 2024 April 29, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया