काठमाडौंको बलम्बुमा बसमा अचानक आगलागी

काठमाडौं । काठमाडौंमा सडक छेउमा रोकी राखेको बसमा अचानक आगलागी भएको छ ।

सोमबार बिहान चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुमा रोकी राखेको बसमा आगो लागेको हो । बसमा के कसरी आगलागी भएको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

बसमा आगलागी भएको सूचना पाउनेवित्तिकै चन्द्रागिरी नगरपालिकाको दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट बसमा क्षति पुगेको छ ।

Published : Monday, 2024 April 29, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया