बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने
काठमाडौं । ओखलढुङ्गा जिल्लाको बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने भएको छ ।
शुक्रबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको कार्यकक्षमा खानेपानी आयोजना सञ्चालनका लागि सम्बन्धित मन्त्रालयका सचिव र कार्यालहरूका प्रमुखसहितको बैठकले आयोजना सञ्चालन गर्ने सहमति गरेको हो ।
छलफलमा मानेभञ्ज्यङ र चम्पादेवी गाउँपालिकाको खानेपानी आयोजनाको लागि खानेपनी मन्त्रालयका सचिव, खानेपनी तथा ढल व्यवस्थापन विभागका प्रमुख, मानेभञ्ज्यङ गाउँपालिका प्रमुख, नेपाली कांग्रेसका साचिवद्वय चम्पादेवी–१ का वडाध्यक्ष र खानेपनी डिभिजन कार्यलाय खोटाङको छलफलपछि ककनीफेदी दुम्सेखोला चाम्पादेवी खानेपनी आयोजनालाई सुचारु गर्ने र मानेभञ्ज्यङको जन्तरखानीको डिपीआरको शुरुवात गरी आगामी वर्षमा रकम व्यवस्थापन गर्ने गरी तयार पारिएको छ ।
खानेपानी आयोजनाले चम्पादेवी र मानेभञ्ज्यङका करीव ७ हजार घरधुरीलाई लाभ हुनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया