गृहमन्त्री लामिछाने निकट अनलाइनविरुद्ध उजुरी दर्ता, चोलेन्द्र, अन्नपूर्ण र कान्तिपुरको के हो कुरा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा गृहमन्त्री रवि लामिछाने निकट मानिने न्यूजपोर्टल ‘सिधाकुरा डटकम’विरुद्ध अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या.रामेश्वर थापाले उजुरी दिएका छन् ।
शुक्रबार अध्यक्ष थापाले प्रेस काउन्सिल नेपालमा ‘सिधाकुरा डटकम’विरुद्ध कारबाहीको मागसहित उजुरी दिएका हुन् । निवेदनमा भनिएको छ, ‘सिधाकुरा डटकम मा एक्सक्लुसिभ भनी ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ शीर्षकको वैशाख १४, २०८१ ०६ः०२ मा प्रकाशित कुसमाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘यो सामग्री मेरो चरित्रहत्या र मानमर्दन गर्न तथा मसँग जाडिएका संस्थाहरू समेतलाई बदनाम गर्न बदनियतपूर्ण तथा कसैको प्रयोजन र उक्साहटमा गरिएको तथ्यहीन र भ्रामक खेती हो’, थापाले उजुरीमा लेखेका छन् ।
उनले भने, ‘समाचारमा भएका सम्पूर्ण सामग्री पूर्वाग्रहका लागि सिर्जना गरिएको, भाइरल र सनसनीपूर्ण बनाउन चाहेको भ्रामपूर्ण कथित पात्रहरू उभ्याइ नक्कली नाटक गरी सत् प्रतिशत झुठो बनाइएको र जीवनभर निष्पक्ष न्याय सम्पादन गर्न तल्लीन न्यायमूर्ति तथा सम्मानित सर्वोच्च अदालतको सम्मानित संवैधानिक बेञ्च समेत मुछी नेपालको लोकतन्त्रका लागि सदा लागिपरिरहेका हामी अन्नपूर्ण पोस्ट् तथा कान्तिपुर मिडियाको मानमर्दन गरि पित पत्रकारिताको पराकाष्ठा नाघेको सूचित गर्न चाहन्छु ।’
‘यस दूराचारयुक्त समाचारप्रति नेपालको कानूनको फौजदारी अपराध संहिता समेत आकर्षित हुने हुनाले यहाँको संस्थाले आफ्नो दायराभित्र पर्ने उचित कानूनी पहल समेत यथाशीघ्र चालिदिनु हुन अनुरोध गर्दछु’, अध्यक्ष थापाले निवेदनमा भनेका छन् ।
थापाले भने, ‘म र दाबी गरिए जस्ता प्रकृतिका कुनै पनि कार्य आजसम्म नभएको मात्र होइन नसोँचिएको कर्मपरायण र पवित्र मेरो संस्था तथा संस्था परिसरमाथिको आरोप पुष्टिगर्न चुनौती दिँदैै पुष्टि हुन नसके भैपरेको क्षतिको दण्डका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूमार्फत दोषीसँग लडिरने घोषणा पनि गर्दछु ।’
गृहमन्त्री लामिछाने र रास्वपा निकट मानिने सिधाकुरा डटकमले पूर्वप्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, कान्तिपुरका मालिक कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापा लगायतलाई ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस बनाउन सहभागी बैठकको अडियो भनेर सार्वजनिक गरेपछि त्यसबारे खोजविन शुरु भएको छ ।
तत्कालीन समयमा रामेश्वर थापा र कैलाश सिरोहिया कान्तिपुर मिडिया ग्रुपमा व्यावसायिक साझेदार रहेका बेला विवाद भएपछि २०७२ सालमा विभाजित भएका थिए । त्यसपछि सिरोहियासँग आफ्नो भेटवार्ता समेत नभएको थापाले बताएका छन् ।
सिधाकुराको दाबीमा तालमेल नभएपछि गृहमन्त्री लामिछनेको आदेशमा फेक अडियो बनाएर बाहिर ल्याएको आरोप लागेको छ । कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्ट् दैनिकले गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्डमा समाचार लेखिरहेको छ । त्यसको विरुद्धमा समाचार लामिछानेले लेखाएको चर्चा छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया