नयाँ भवन बनाउन तरुण दलका ६ महिला केन्द्रीय सदस्यहरूद्वारा ६ लाख प्रदान

काठमाडौं । नेपाल तरुण दलका ६ जना केन्द्रीय सदस्यहरूले ६ लाख रुपियाँ अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तर गरेका छन् ।

बिहीबार उनीहरूले अध्यक्ष गुरुङलाई १/१ लाखका दरले नेपाल तरुण दलको केन्द्रीय कार्यालयको नयाँ भवन निर्माणका लागि रकम उपलब्ध गराएका हुन् ।

केन्द्रीय सदस्यहरू विन्दिया कार्की, मुना भुषाल, पुनम भट्ट भट्टराई, स्मिता मोक्तान तामाङ, आस्था विन्दु मल्ल र दुर्गा लामिछानेले रकम उपलब्ध गराएका छन् ।

अध्यक्ष गुरुङले आर्थिक सहयोग गर्ने नेतृहरूलाई विशेष धन्यावाद दिएका छन् । उनले हालसम्म सहयोग गर्ने सबै केन्द्रीय सदस्यहरूप्रति आभार प्रकट गरेका छन् ।

तरुण दलले काठमाडौंको रवि भवनस्थित दलको जग्गामा नयाँ भवन बनाउन लागेको छ ।

हाल्सम्म रू. ५८ लाख २३ हजार १ सय २ रुपियाँ संकलन भइसकेको छ । जेठको अन्तिम साताबाट भवन निर्माण कार्य अघि बढ्नेछ ।

Published : Thursday, 2024 April 25, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया