कांग्रेस नेता सिंह उपचारका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

वीर अस्पतालका चिकित्सकहरूको सल्लाहमा नेता सिंह बुधबार नयाँदिल्ली प्रस्थान गरेको कांग्रेस नेतृ हरिप्रभा खड्गीले बताएकी छिन् ।

नेता सिंहसँगै पत्नी सिर्जना सिंह पनि नयाँदिल्ली गएकी छिन् । स्वास्थ्य उपचारपछि नेता सिंह छिटै फर्किनेछन् ।

Published : Thursday, 2024 April 25, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया