संविधानका त्रुटि सच्याउँदै स्थिरताको निम्ति दलहरूबीच बृहत् समझदारी आवश्यक : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले लोकतन्त्र सार्थक बनाउन राजनीतिक व्यवस्थालाई साधन मानी राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिनुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवस २०८१ का अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै बानियाँले राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अनिर्वाय रहेको बताए ।

उनले भने, ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सजग रहन आम नेपाली समक्ष आग्रह गर्दछु ।’

‘आन्दालनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तारी परिवर्तनका रुपमा लोकतन्त्रको सुनौलो बिहानी ल्याएको हो’, सभापति बानियाँले भने ।

उनले भने, ‘त्यसैले यस दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै आएका छौँ र हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।’

‘लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछि पनि मुलुकमा राजनीतिक स्थिरता प्राप्त हुन सकेको छैन’, उनले भने, ‘संविधानमा हामीले गरेका त्रुटिहरू सच्याउँदै राजनीतिक स्थिरताको निम्ति आवश्यक संवैधानिक प्रावधानहरू गर्न हिजोका आन्दोलनका प्रमुख सहयात्री राजनीतिक दलहरूबीच पुनः एक पटक बृहत् समझदारी आवश्यक बनिसकेको छ ।’

Published : Tuesday, 2024 April 23, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया