प्रचण्डकै अगाडि ओलीद्वारा देउवालाई भव्य सम्बोधनसहित स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एमालेको कार्यक्रममा सहभागी भएका छन् ।
सोमबार ललितपुरको गोदावरीमा एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सभापति देउवाले सम्बोधन समेत गरेका छन् । देउवाले सहमति र सहकार्यको राजनीतिका लागि आग्रह गरेका छन् ।
सभापति देउवालाई एमालेका अध्यक्ष केपी ओलीले कार्यक्रमस्थलमा भव्य स्वागत गरेका छन् । कार्यक्रममा पनि ओलीले देउवालाई निकै आदरका साथ सम्मान गरेका छन् । ओलीले व्याङ्ग्य गर्दै देउवालाई सम्मान गरेका थिए ।
एमालेका अध्यक्ष ओलीले भने, ‘मेरा अत्यन्तै पुराना मित्र । घरीघरी अलिकति जोस्सिनु हुन्छ र मात्रै हो । नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाज्यू ।’
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू पनि सहभागी थिए । अन्य नेताहरूलाई ओलीले धेरै सम्बोधन गरेनन् । तर, देउवालाई ओलीले निकै आदरका साथ सम्बोधन गरेका थिए ।
राजनीतिक संस्कारअनुसार सभापति देउवा एमालेको निम्तो स्वीकार गर्दै एमालेको कार्यक्रममा सहभागी भएका छन् । देउवाको राजनीतिक संस्कारबाट एमाले खुसी भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया