हवाइ सुरक्षा उल्लंघन गर्ने प्रभु हेलिकप्टरका क्याप्टन निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टनलाई निलम्बन गरेको छ ।

आइतबार सूचना जारी गरेर प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै एक क्याप्टेनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको छ ।

घटनाको विस्तृत अनुसन्धान प्राधिकरणले गर्ने जनाइएको छ । हवाइ उडानको सुरक्षा नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले पाइलटहरूलाई बेलाबेला कारबाही गर्दै आएको छ ।

Published : Sunday, 2024 April 21, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया