लोकमान-चोलेन्द्र त ढले…हैरान भएका प्रदीपको के कुरा ? १५ करोडपछि बाबा र तन्त्रमन्त्रको शरण

काठमाडौं । धेरै उत्पात मच्चाउँदा तत्कालीन समयमा लोकमानसिंह कार्की, चोलेन्द्रशम्शेर जबराहरू जस्ता महाशक्तिशाली व्यक्तिले कुर्सी गुमाउनु परेका छन् ।

कर्मचारी संयन्त्रमा मात्रै होइन राजनीतिक नेताहरूले पनि कुर्सी गुमाएर जेल जानुपरेका प्रसस्त उदाहरण छन् । अपराध र कानून विपरितका क्रियाकलाप गर्ने जो कसैले ढिलोचाँडो दण्ड पाउँछन् । विधिको नियम नै यहि हो ।

यता, नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको पनि समय एकनासले हिँड्न छाडेको छ । कुनै बेला जहाँ हातहाल्यो त्यो ठाउँलाई अमूल्य अर्थात् सुन बनाउन सक्ने क्षमताका अधिकारीलाई समयले साथ छाड्न थालेको छ । उनी क्रमशः ओरालो झर्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको आशीर्वादले महानिर्देशक पदमा आफूलाई सुरक्षित ठानेका अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कठालो समातेको छ ।

अख्तियारले अधिकारीसँग पटक पटक बयान लिएको छ । बयान दिनु नै अधिकारीका लागि कारबाही मान्न सकिन्छ । भोलिका दिनमा अख्तियारले के निर्णय गर्छ ? वा न्यायालयले अधिकारीलाई सफाइ दिन्छ कि दिँदैन त्यो बेला थाहा होला । तर, अहिले अधिकारीका दिन राम्रोसँग अगाडि बढेका छैनन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख अधिकारी थिए ।

अधिकारीले राम्रोसँग कार्यसम्पादन गर्न नसकेका कारण विमानस्थल खराब अवस्थामा रहेको आरोप लाग्दै आएको छ ।

महानिर्देशक अधिकारीले अख्तियारको बयान र १७ बुँदे स्पस्टीकरणको लिखित उत्तरमा सबै दोष तात्कालीन महानिर्देशकहरू रतिसलाल सुमन, टि.आर.मानन्धर, राजन पोखरेल, सञ्जीव गौतमको थाप्लोमा हालेका छन् ।

महानिर्देशक अधिकारीले आफू कारिन्दा मात्र भएको र हाकिमहरूले फसाएको बयान दिएको अख्तियार निकट उच्च स्रोतले जनाएको छ ।

आफू राष्ट्रिय गौरवको आयोजना प्रमुख हुँदा र महानिर्देशक रहँदा विनेश मुनाकर्मी र चन्द्रमाला श्रेष्ठले फसाएको बयान अख्तियारमा दिएका छन् ।

अधिकारीले साथीभाई र पार्टनरहरूसँग चाहिँ अख्तियारमा १५ करोड खर्च भएको बताउने गरेका छन् । १५ करोड बुझाएका कारण आफू बच्ने अधिकारीले ध्वाँस लगाउने गरेका छन् । यद्यपि, अधिकारीले विनेश मुनाकर्मी, चन्द्रमाला श्रेष्ठहरू फसेर आफू चोखिनेमा ढुक्क भएको बताउने गरेका छन् ।

‘मधिशे’ले १५ खायो, अख्तियारका ठूला मानिसहरूलाई पनि भाग पुगेको छ । प्रेम राई पहिला एमाले भएको कारण काम लागेको छ । प्रेम राईले बचाउँछन्’ भनेर अधिकारीले प्राधिकरणभित्र निकटका कर्मचारीसँग बताउने गरेका छन् ।

२०८१ सालमा सबै आरोपबाट मुक्ति पाउने र दुष्मनहरू नास हुने भन्दै तन्त्रमन्त्र गर्ने जोगी र ज्योतिषको शरणमा पनि महानिर्देशक अधिकारी पुगेका छन् ।

महानिर्देशक अधिकारीले प्राधिकरणको कार्यालय परिसरमा अनेकौं खालका बुटी झुण्ड्याउन लगाएका छन् । अधिकारीले कोठाको फर्निचरहरू समेत फेरेका छन् ।

अख्तियारले निकै गहिरोसँग हातहालेपछि आत्तिएका महानिर्देशक अधिकारीले ग्रह नास गर्न भनेर कहिले के बुटी लाएर आउने, कहिले औंठी, कहिले माला लाउने गरेको देखेर कर्मचारी प्रदीप अधिकारी आत्तिएको हो कि के भएको हो भनेर कानेखुसी गर्ने गरेका छन् ।

कुनै पनि दिन हट्न पर्ने सम्भावना देखेर क्षेत्रीय विमानस्थलको उठाउन पर्ने भाग छिटो बुझाउन ताकेता गरेको गरेको स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीका कारण ती विमानस्थलका प्रमुखहरू पछि आफै फस्ने भनेर भागाभाग भएको छ ।

ठेक्का नलागिसकेको विमानस्थलहरूमा पनि काम छिटो अगाडि बढाउन दिनहुँ जस्तो प्रशासनका कर्मचारीलाई बोलाएर महानिर्देशक अधिकारीले मुखै छाडेर गाली गर्ने गरेको एकजना पीडित कर्मचारीले मन दुखाएर गुनासो गरेका छन् ।

बबरमहलको पुरानो भवन भत्काएर विजिनेस कम्प्लेक्स बनाउने भन्दै यसबाट हुने आम्दानीको लोभ देखाउँदै महानिर्देशक अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयमा धाउन थालेका छन् ।

तत्कालीन मन्त्री सुदन किराँतीले नरोकेको भए महानिर्देशक अधिकारीले अहिले त्यो भवन भत्काएर नयाँ बन्न थालिसकेको हुन्थ्यो । बबरमहलको भवन भत्काएर नयाँ कम्लेक्स बनाउनको लागि नेता र मन्त्रालयको कर्मचारीको जिम्मा लिन प्रेम ढकाललाई महानिर्देशक अधिकारीले जिम्मेवारी दिएका छन् ।

Published : Sunday, 2024 April 21, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया