पहिलो रनिङ्ग बिल भुक्तानी गर्नेभन्दै घुस खाने अधिकृत रङ्गेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज कार्यालयले जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई १ लाख २१ हजार ५ रुपियाँसहित पक्राउ गरेको छ ।
बुधबार आयोगको टोलीले जिल्ला कैलाली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पाललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले रङ्गेहात रकमसहित नियन्त्रणमा लिएको छ ।
पाललाई सेवाग्राहीबाट १ लाख २० हजार रुपियाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको १ हजार ५ रुपियाँसहित नियन्त्रणमा लिएको थियो ।
अधिकृत पाललाई अख्तियारको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया