तरुण अध्यक्ष गुरुङलाई राजु थापासहित ७ केन्द्रीय सदस्यले दिए १६ लाख ६० हजार
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापासहितका नेताहरूले अध्यक्ष विद्वान गुरुङलाई भवन निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
बुधबार काठमाडौंमा अध्यक्ष गुरुङलाई १६ लाख ६० हजार ५ सय ५५ रुपियाँ सहयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । यो रकमसहित हालसम्म ५२ लाख १७ हजार १ सय २ रुपियाँ सहयोग रकम संकलन भएको छ ।
तरुण दल भक्तपुरका तत्कालीन अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य राजु थापाले ४ लाख रकम हस्तान्तरण गरेका छन् ।
केन्द्रीय सदस्य विप्लव हमालले २ लाख ५५ हजार, गुरुप्रसाद दाहाल (गोपी)ले २ लाख ५ हजार ५ सय ५५ रुपियाँ अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका छन् ।
केन्द्रीय सदस्य कपिल पोखरेलले २ लाख, मुकुन्द छन्त्यालले २ लाख, मानवेन्द्र निधिले २ लाख र सागर पाण्डेले २ लाख सहयोग गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया