जनताको अभिमत विपरित सरकारमा बस्नेहरूले मध्यावधिको कुरा गरेको सुनिरहेका छौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सरकारमा बस्ने दलका नेताहरूले मुलुकलाई मध्यावधितर्फ लैजान लागेको भनेर चिन्ता जनाएका छन् ।

बुधबार नेपाली कांग्रेस काठमाडौं माहानगरपालिका वडा नं. १५ द्वारा आयोजित समुदायमा कांग्रेस अन्तर्गत नव वर्ष २०८१ को अवसरमा भुइँखेल चौर, स्वयम्भू, भगवानपाऊमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति बानियाँले भने, ‘यो सरकारमा बस्नेहरू मध्यावधिको कुरा गरिरहेको कता कता भित्रभित्र हामीले सुनिरहेका छौँ ।’

‘मध्यावधि जनताले दिएको अवधिभित्र मध्यावधि हुनै सक्दैन । हिजोका दिनमा पनि केपी ओलीले गरेको मध्यावधि समयअनुकूल थिएन’, उनले भने ।

‘संविधान अनुकूल थिएन । जनताको म्याण्डेट अनुकूल थिएन भनेर सर्वोच्च अदालतले कानूनी राज्य र विधिको शासनलाई स्थापित गरिसकेको विषय हो’, सभापति बानियाँले भने ।

‘यदि कसैले मध्यावधिको कुचेष्टा गर्छ भने जनताको मतलाई, अभिमतलाई अपमान गरेको हुनेछ । यो बाटोमा नगएर, यो संविधान संशोधन गरौँ ।’

‘मध्यावधि गरेर अझै यहि व्यवस्थाभित्र मध्यावधिको ठूलो चुनौति छ’, सभापति बानियाँले भनेका छन् ।

उनले भने, ‘पहिला संविधान संशोधन गरौँ । सरकार सक्छ भने यो संविधान संशोधन गराउन, मलाई लाग्छ सबै पार्टीका नेताहरू एमाले, कांग्रेसका नेतृत्वले संविधान संशोधनको कुरा उठिरहेको छ । तर, संविधान संशोधनको बाटोमा किन गइँदैन ? कांग्रेस एमालेसहितका दलहरू मिलेर संविधान संशोधन गरौँ । मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्छ ।’

सभापति बानियाँले नयाँ नयाँ पार्टीहरूले जनतामा भ्रमण सिर्जना गरेको भन्दै त्यसलाई त्यसविरुद्ध जनतालाई बताउनुपर्ने बताए ।

उनले भने, ‘कहिले नागरिकता काण्ड छन् । कहिले पासपोर्ट काण्ड छ । कहिले सहकारीको विभिन्न काण्ड छ । त्यो काण्डै काण्ड भएको मान्छेले म आफै नयाँ पार्टी भएकोले भगवान भए जसरी जनतालाई भ्रम सिर्जना गरेको अवस्था छ ।’

‘नेपाली कांग्रेसले यस्ता किसिमका अवस्था र बेथिति तथा गरिवको पक्षमा जोडदार रुपमा सदनदेखि सडकसम्म जनतालाई भ्रम सिर्जना गर्नेलाई समुदायसँग आफ्ना कुरा स्पष्टसँग राख्नुपर्छ’, उनले भने, ‘जनताको बीचमा रहेको भ्रमलाई चिर्नुपर्छ ।’

बानियाँले भने, ‘आफू बेठिक भएपछि समिति बनाउँदा कहिँन कहिँ कारबाहीमा परिन्छ भनेर समिति नै बनाउन नदिने यो सबैभन्दा अलोकतान्त्रिक, लोकतन्त्र विरोधी गतिविधि भएको महशुस गरेका छौँ ।’

‘अलोकतान्त्रिक कुरा गरेर जनतालाई भ्रम सिर्जना गर्ने जो कोही होस्’, सभापति बानियाँले भनेका छन् ।

‘हामीले सबै परिवर्तन ग¥यौँ । आजको संविधान संसारको उत्कृष्ट भनेको हो । संविधान संशोधन गर्नुपर्छ’, उनले भने, ‘निर्वाचन प्रणाली अहिलेको समृद्धिको बाधक हो । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिरता, अराजकता, बेथिति र यस्तै नयाँ उम्रिएका भ्रम सिर्जना गर्ने पार्टीहरूको लागि खेल्ने मैदान हो यो संविधान ।’

उनले भने, ‘अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने, राष्ट्रिय सभालाई समावेशी, समानुपातिक बनाउने । भूगोललाई पनि प्रतिनिधित्व गर्ने गरीस समावेशी गरेर लैजान सक्छौँ ।’

‘निर्वाचन प्रणाली बदल्नको लागि कांग्रेस, एमाले लगायत गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर संविधान संशोधन नगरी सुःख छैन’, उनले भने ।

‘समाजमा नयाँ नयाँ कुरा गरेर जनतालाई भ्रम सिर्जना गरेर धेरै किसिमको भ्रमबाट निकाल्नु छ’, उनले भने ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेता प्रकाशमान सिंह, पूर्व केन्द्रीय सदस्य किरण गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 April 17, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया