आफ्नै साथी एवम् प्रहरीका पूर्वडीआइजीद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
मंगलबार ट्वीट गर्दै खरेलले लामिछानेलाई गृहमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका हुन् । उनले अनुसन्धानमा लामिछाने प्रारम्भीक दोषी देखिएको भन्दै सत्ताभन्दा बाहिर बसेर अनुसन्धानमा सहयोग गर्न सुझाव दिएका हुन् ।
खरेलले भने, ‘सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास हो ।’
‘सरकारले संवैधानिक छानविन समिति बनाई भुइँमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।’
कुनै बेला लामिछानेकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता समेत रहेका खरेलले केही दिन अगाडि रास्वपा छाडेका थिए ।
रास्वपाबाट बारा जिल्लाको उपनिर्वाचनमा उम्मेदवार बनेर खरेलले जमानत जफत गराएका थिए । जमानत जफत भएपछि खरेल निकै निरास छन् । लामिछाने र खरेलबीच निकै राम्रो सम्बन्ध थियो । पछि उनीहरूका बीच खटपट भएको थियो । खटपटको कारण खुलेको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया