नेपालविरुद्ध ओलीको दम्भले भरिएको अहँकार टिप्पणी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक र दक्षिणपन्थी चरित्र देखाएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा ओलीले सुदूरपश्चिम प्रदेशको सरकारमा वामपन्थी सत्ता समीकरणलाई समर्थन नगरेर कांग्रेसलाई समर्थन गर्नु नेकपा (एकीकृत समाजवादी)को अराजनीतिक चरित्र भएको बताए ।

ओलीले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजावादी)को निर्णयले सही दिशामा उन्मुख राजनीतिलाई बिथोल्ने काम भएको बताएका छन् ।

‘हिजो मात्र एस भन्ने पार्टी छ, त्यसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने भन्यो’, ओलीले भने, ‘हामीभन्दा पृथक हुने हो भने कांग्रेसलाई जिताउने हो भने, यो समीकरणलाई कमजोर बनाउन निःशुल्क सेवा गर्न सक्ने कुरा ग¥यो । एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो, जुन सही दिशामा राजनीति फर्किंदै थियो ।’

उनले भने, ‘विपक्षीको आशा पलाउने र जनतामा आशंका पैदा हुनेगरी कदम चाल्यो । बोली व्यवहार त्यस्तै थिए, हिजो व्यवहारमा प्रकट भयो । यस समीकरणबाट नगर्ने, कांग्रेस केन्द्रित समर्थन गर्ने । एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो ।’
ओलीले पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु नै उपलब्धि रहेको बताएका छन् । नयाँ समीकरण बनाए पनि आफूहरूको ध्यान मिसन २०८४ लाई सफल बनाउनेतर्फ रहेको उनले बताएका छन् ।

ओलीले देशको अवस्था सम्हाल्नै नसक्ने गरी नबिग्रियोस् भनेर आफूहरूले नयाँ समीकरण बनाएको बताएका छन् ।

‘कतिपयले भने एमालेले गृह मन्त्रालय लिएन, सरकार नै परिवर्तन ग¥यो त ! अर्थ मन्त्रालय लिएन, सरकारै परिवर्तन ग¥यो नि ! हामीलाई कमाउनु छैन, देश बनाउनु छ’, उनले भने ।

‘यो मन्त्रालयभन्दा ठूलो कुरा हो । मन्त्रालयको लफडामा अडिनु, तनाब र तिक्तता बढाउनुजस्ता कामहरू अहिलेका अभिभारा होइनन्’, ओलीले भने, ‘अहिले अनुचित हानिकारक राष्ट्रिय हितलाई गम्भीर नोक्सान पु¥याउने गठबन्धन तोड्नु नयाँ समीकरण बनाउनु मुख्य कुरा हो अहिलेका लागि । त्यही काम एमालेले गरेको छ ।’
उनले भने, ‘कतिले हल्ला चलाएका छन् यो मन्त्रालय किन लिएन ? कुन मन्त्रालय महत्वहीन हुन्छ ? हामीले मन्त्रालयगत प्रश्नमा होइन अन्तर्यमा, सार तत्वमा केन्द्रित हुन सिक्नु पर्छ ।’

‘त्यो फराकिलोपन हामीसँग चाहिन्छ । मन्त्रालय मन्त्रालयमा झगडा गरेर जाने कि गठबन्धन तोड्ने र नयाँ समीकरणलाई उदार पनका साथ बलियो बनाउन सहयोग गर्ने ?’, ओलीले भने ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति एमालेका अध्यक्ष ओली निकै कठोर छन् । सुदूरपश्चिम प्रदेशमा नेपालको पार्टीले सत्ता गठबन्धनसँग नमिलेर कांग्रेससँग नजिक भएपछि ओली रिसाएका छन् ।

Published : Monday, 2024 April 15, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया