सल्यान कांग्रेसका सभापतिलाई आक्रमण गर्नेलाई कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेसले सल्यान जिल्लाका सभापति केशरबहादुर विष्टमाथि सांघातिक आक्रमण भएको भन्दै निन्दा एवम् भर्त्सना गरेको छ ।
सोमबार कांग्रेसले विज्ञप्ति जारी गरेर विष्टलाई सांघातिक आक्रमण गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही माग गरेको छ ।
‘नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालीकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकास्थित वालुवा संग्रही भन्ने स्थानमा गत चैत २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति केशबहादुर विष्टमाथि गरिएको सांघातिक आक्रमणको घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ ।’
‘यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, कांग्रेसले भनेको छ, ‘घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया