सल्यान कांग्रेसका सभापति विष्टलाई कुटपिट गर्ने वली पक्राउ

घोराही । नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा भौतिक पूर्वाधार कार्यालय प्रमुख हरि वली पक्राउ परेका छन् ।

आइतबार बिहान वलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले पक्राउ गरेको डीएसपी नवीन कार्कीले बताएका छन् ।

चैत २९ गते बेलुकी सल्लीबजारस्थित बालुवा संग्रहको कृष्ण होटलमा ५६ वर्षीय विष्ट र कार्यालय प्रमुख ३६ वर्षीय वलीबीच कुटाकुट भएको थियो ।

मदिरा सेवन गरी दुई पक्षबीच सामान्य भनाभनबाट सुरू भएको विवादपछि कुटाकुट भएको प्रहरीले जनाएको छ ।

कांग्रेस सभापति विष्टको टाउकोमा चोट लागेको छ । विष्टको टाउकोमा पाँच वटा टाँका लगाइएको छ ।

विष्टको टाउकोमा लागेको चोट सिसाबाट भएको देखिन्छ । वलीलाई भने कुनै गम्भीर चोट लागेको छैन ।

कांग्रेस सभापति विष्टले आफूमाथि आक्रमण भएको भन्दै प्रमुख वलीविरूद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले वलीलाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका कार्यालय प्रमुख वली विरूद्ध विष्टले कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

Published : Sunday, 2024 April 14, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया