पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको अधिवेशन अन्त्य गरेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्न खोजिरहेको जनाएका छन् ।

नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकपछि पत्रकारसँग कुरा गर्दै लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताए ।

उनले भने, ‘सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जाने गरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष हाम्रो छ ।’

लेखकले भने, ‘सदनको चालु अधिवेशन पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असमय अधिवेशन अन्त्य गर्ने, सदनमा बहुसंख्यक सांसदले उठाएका कुराप्रति सरकार गम्भीर नहुने विषयले नै सरकार कति गैरजिम्मेवार छभन्ने देखिइसकेको छ ।’

बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै सरकारले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेकोमा कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।

Published : Sunday, 2024 April 14, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया