दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु
घोराही । दाङ जिल्लामा माटाको ढिस्कोले पुरिएर दुई जना बालकको मृतयु भएको छ ।
वैशाख २ गते दिउँसो घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटे बस्ने ज्योतिलाल चौधरीको छोरा वर्ष १२ को माधव चौधरी र अविनाश चौधरीको छोरा वर्ष १२ को आशिष चौधरीको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ९ आन्द्राभरैयास्थित बबई नदीको छेउमा माटो निकालेको खाल्डोमा खेलिरहेको अवस्थामा माथिबाट माटोको ढिस्को खस्न गई पुरिएर उनीहरु घाइते भएका थिए ।
घाइते भएको अवस्थामा स्थानीयले निकाली उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको छ ।
Published : Sunday, 2024 April 14, 8:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया