दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु

घोराही । दाङ जिल्लामा माटाको ढिस्कोले पुरिएर दुई जना बालकको मृतयु भएको छ ।

वैशाख २ गते दिउँसो घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटे बस्ने ज्योतिलाल चौधरीको छोरा वर्ष १२ को माधव चौधरी र अविनाश चौधरीको छोरा वर्ष १२ को आशिष चौधरीको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ९ आन्द्राभरैयास्थित बबई नदीको छेउमा माटो निकालेको खाल्डोमा खेलिरहेको अवस्थामा माथिबाट माटोको ढिस्को खस्न गई पुरिएर उनीहरु घाइते भएका थिए ।

घाइते भएको अवस्थामा स्थानीयले निकाली उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको छ ।

Published : Sunday, 2024 April 14, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया