कांग्रेसका कारण निकै डराएका लामिछाने झोले आइजीपीलाई २/३ किलो मीठाइ बोकाएर बाँड्ने होइन

काठमाडौं । सहकारीको झण्डै एक अर्ब रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफ्नो विगतको लोकप्रियता घट्न थालेको महशुस गरेपछि विभिन्न हत्कण्डा अपनाउन थालेका छन् ।

नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गरेपछि गृहमन्त्री पद फुत्किन्छ कि भनेर निकै डराएका लामिछानेले मीठाइ बाँडेर आफूलाई लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् । नयाँ वर्षको उपलक्ष्यमा लामिछानेले शनिबार काठमाडौं थापाथलीमा मीठाइ बाँडेर सहानुभूति बटुल्ने प्रयास गरेका छन् ।

गितेन्द्रबाबु राई अर्थात् जीवी राई जस्ता नटवरलालसँग मिलेर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डै एक अर्ब रुपियाँ लिएर ग्यालेक्सी फोरके टेलिभिजन चलाएका लामिछानेले सहकारी ठगी गरेको अभियोग लागेको छ । लामिछानेका पार्टनर फरार छन् ।

आफ्ना पार्टनरलाई मलेसियामा केही दिन अगाडि अर्थात् गृहमन्त्री बन्नुभन्दा अगाडि गएर भेटेर आएका लामिछानेले पक्राउ गरेर नेपाल ल्याइ कारबाही गर्ने विषयमा खासै चासो दिएका छैनन् । जीबी राई पक्राउ पर्नेवित्तिकै सबैभन्दा ठूलो नोक्सानी र हानी लामिछानेलाई हुनेछ । सोही कारण लामिछाने जीवी राईलाई पक्राउ गर्न चाहँदैनन् । जीवी राईलाई पक्राउ गर्न रेड नोटिस जारी भइसकेको छ ।

नेपाली कांग्रेसले सहकारी पीडितको रकम फिर्ता र सहकारीमा ठगी गर्ने रवि लामिछानेलाई कारबाहीको माग गरेर संसदीय छानविन समिति बनाउन अडान लिएको छ ।

लामिछानेले भने २/३ किलो मीठाइ हातमा झुण्ड्याएर आइजीपी बसन्तबहादुर कुँवरलाई साथमा लिएर सस्तो लोकप्रियताका लागि मीठाइ बाँड्न हिँडेका छन् ।

लामिछानेले आइजीपी कुँवरलाई पुच्छर बनाएर मीठाइ बाँड्ने होइन । उनले सहकारी पीडितको करीव १ अर्ब रुपियाँ फिर्ता गर्नुपर्छ । आवश्यक पर्दा कारबाहीको भागिदार बन्नुपर्छ ।

Published : Saturday, 2024 April 13, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया