नौ जना तरुणद्वारा आर्थिक सहयोग, हालसम्म ३५ लाख संकलन

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणको लागि ९ जना केन्द्रीय सदस्यहरुले आर्थिक सहयोग गरेका छन् ।

बिहीबार तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई अशोककुमार झासहितका ९ जना केन्द्रीय सदस्यहरुले रकम हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, जीत क्षेत्रीले २ लाख, सुजन थापाले २ लाख, पुष्प बस्नेतले २ लाख, ऋतु ग्याम्दानले १ लाख ८ हजार ८ सय ८८, अम्बिकादेवी बास्कोटाले १ लाख ११ हजार ५ सय ५५ र कृष्णप्रसाद खरेलले ५५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

अध्यक्ष गरुङले तरुण दलको केन्द्रीय कार्यालय निर्माणका लागि धमाधम आर्थिक सहयोग संकलन गरिरहेका छन् । उनले काठमाडौंमा रहेको रविभवनमा रहेको केन्द्रीय कार्यालयमा ठूलो हल, पार्किङसहितको भवन निर्माण गरिनेछ ।

तरुण दलका अध्यक्ष गुरुङले हालसम्म ३५ लाख, ५६ हजार ५ सय ४७ रुपियाँ संकलन गरेका छन् । आर्थिक संकलनको अभियानलाई गुरुङले निरन्तरता दिने जनाएका छन् ।

Published : Friday, 2024 April 12, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया