हरेक पर्वले आपसी भाइचाराको सम्वन्धलाई प्रगाढ बनाएको हुन्छ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुस्लिम समुदायको ईद पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेर भने, ‘मुस्लिम समुदायले मनाउने महान पर्व इद उल फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुसलमान दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले भने, ‘हरेक जात, धर्म र सँस्कृतिको आफ्नै पहिचान र मौलिकता हुन्छ ।’

‘यसखालको पर्वले आपसी भाइचाराको सम्वन्धलाई प्रगाढ बनाएको हुन्छ’, अध्यक्ष गुरुङले भने ।

उनले एक महिना रोजा बसेर मनाउने इद उल फित्र पर्वले सबैलाई एकताको सूत्रमा बाँधेर समाज र राष्ट्रको उन्नतिमा लाग्ने प्रेरणा सबैलाई मिलोस् भनेका छन् ।

Published : Thursday, 2024 April 11, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया