धार्मिक र साँस्कृतिक विविधताले राष्ट्रियताको जग मजबुत बनेको छ : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले इस्लाम धर्मालम्बीहरूको इद–उल–फित्र (ईद)को अवसरमा शुभकामना व्यक्ति गरेका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गरेर नेता भण्डारीले धार्मिक र साँस्कृतिक विविधताबीचको एकता हाम्रौ मौलिक सभ्यता रहेको बताएका छन् । उनले साँस्कृतिक विविधताले नेपालको राष्ट्रियताको जगलाई मजबुत बनाएको बताएका छन् ।

‘ईद पर्वमा गरिबलाई दान दिने, आफूभन्दा ठूलाको आशीर्वाद लिने र आपसमा शुभकामना आदान प्रदान गरी भाईचारा वृद्धि गर्ने गरिन्छ’, उनले भने ।

‘मानवताको प्रवर्द्धन तथा आपसी सद्भाव वृद्धि गर्न सघाउने यस पर्वका अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’, नेता भण्डारीले भने ।

‘परापूर्व कालदेखि इस्लाम समुदाय नेपालभर छरिएर रहेको छ’, उनले भने, ‘नेपालको माटो, यहाँको परम्परागत मूल्य र मान्यतासंग अन्र्तघुलित भएर बसेको यो समुदाय वास्तबमा नेपालको रैथाने समुदाय नै हो ।’

‘राष्ट्र निर्माणको प्रत्येक पाईलामा नेपाली इस्लाम समुदायको योगदान रहेको छ’, पूर्वमन्त्री भण्डारीले भने, ‘धार्मिक र साँस्कृतिक विविधताबीचको एकता हाम्रौ मौलिक सभ्यता हो र यसैले नेपालको राष्ट्रियताको जगलाई मजबुत बनाएको छ ।’

‘हामीले शताब्दीऔँदेखि कायम राखेको आपसी सद्भाव, भातृत्व र एकतालाई अझ बलियो बनाउन तथा राष्ट्रियता प्रवद्र्धन गर्न यस पर्वले प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु’, नेता भण्डारीले भने ।

हिन्दु राष्ट्र स्थापनाको अभियानमा लागेका कांग्रेस नेता भण्डारीले सबै धर्म र साँस्कृतिलाई समान दृष्टिले सम्मान गर्नुपर्ने बताउने गरेका छन् ।

Published : Thursday, 2024 April 11, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया