शिक्षकलाई दुःख दिइरहेका छन्, तपाईहरूको सहयोग रह्यो भने कांग्रेसले दुईतिहाई ल्याउँछ : देउवा
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई शिक्षकहरूले बनाएको पार्टी भनेका छन् ।
बुधबार नेपाल शिक्षक सङ्घको २३औँ सङ्घीय प्रतिनिधि सभाको उद्घाटन गर्दै देउवाले शिक्षकहरूको सहयोग रह्यो भने आगामी निर्वाचनमा कांग्रेसले दुईतिहाई बहुमत ल्याउन सक्ने बताए ।
उनले भने, ‘सबैको सहयोगका कारण कांग्रेस पहिलो पार्टी बनेको छ । यस्तै सहयोग हुनेछ । मलाई विश्वास छ ।’
‘अझ तपाईहरूले सहयोग गर्नु भयो भने, शिक्षक साथीहरूको सहयोग भयो भने कांग्रेसको दुईतिहाई बहुमत ल्याउन सक्ने पार्टी हुन्छ’, सभापति देउवाले भने ।
सभापति देउवाले शिक्षकहरूलाई राज्यका विभिन्न निकायले दुःख दिएको जानकारी आफूलाई रहेको बताए ।
उनले भने, ‘मलाई थाहा छ । शिक्षक साथीहरूलाई धेरै दुःख दिइरहेको छ । शिक्षकहरूको पछाडि छु ।’
उनले भने, ‘तपाईहरू सधैँ अगाडि बढ्नुस् । शिक्षक नेताहरूले बनाएको, शिक्षकहरूले बनाएको पार्टी हो यो वास्तवमा ।’
‘सबै ठाउँमा शिक्षकहरूले विद्यालयमा विद्यार्थीलाई नेपाल विद्यार्थी संघमा सहयोग गरेका छन् । शिक्षक साथीहरूको धेरै ठूलो भूमिका छ । योगदान छ’, उनले भने ।
कार्यक्रममा सभापति देउवासँगै नेता डा.शेखर कोइराला, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुन, रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, मोहन ज्ञवाली, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया