मुख्य सचिव र अख्तियार प्रमुखलाई किन छानविन भएन ? भन्दै कांग्रेसले पहिलो पटक उठायो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका मुख्यसचिव बैठकुण्ठ अर्यालको नाम भ्रष्टारमा मुछिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद बस्नेतले भुटानी करणार्थीमा प्रमुख आयुक्त राईको नाम मुछिएको बताए । उनले मुख्यसचिव अर्यालको नाम टेरामक्स लगायतका मुद्दामा जोडिएको भन्दै अनुसन्धान हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘अहिले देशमा धेरै भ्रष्टाचारको काण्डहरू सुनिन थालेको छ । धेरै काण्डहरूमा अख्तियार प्रमुख प्रेमकुमार राई, मुख्यसचिव बैकुण्ठ अर्यालको नाम सुनिन थालिएको छ ।’

‘त्यो भुटानी शरणार्थीको केसमा किन नहोस् । त्यो वाइडबडी केसमा किन नहोस् । टेरामक्सको केसमा किन नहोस् । सबै काण्डहरूमा उहाँहरूको नाम सुनिनमा आएको छ’, सांसद बस्नेतले भने ।

‘उहाँहरू अनुसन्धानको दायरामा पर्ने कि नपर्ने ? उहाँहरूलाई छानविन गर्नुपर्ने कि नपर्ने ? यो मेरो प्रमुख प्रश्न हो’, बस्नेतले प्रश्न गर्दै भनेका छन् ।

सत्तारुढ दलका नेता र मन्त्रीहरू धमाधम सहकारी काण्डमा मुछिएका बेला कांग्रेसका सांसद बस्नेतले अख्तियार प्रमुख राई र मुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डै १ अर्ब रकम गोर्खा मिडिया प्रालिमा अपचलन भएको भन्दै कांग्रेसले संसदीय छानविनको माग गरेर प्रतिनिधि सभा अबरुद्ध गर्दै आएको छ ।

Published : Wednesday, 2024 April 10, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया