ओलीको ग्राइण्ड डिजाइन शेखरले बुझ्नै सकेनन, ‘प्यादा’ कार्कीको के कुरा गर्नु ?

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले बीच सडकमा ल्याएर पच्छारिदिएको छ ।

कार्कीलाई दिएको समर्थन एमाले र नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएपछि तनाबमा परेका छन् । तत्कालीन समयमा कांग्रेसभित्र विद्रोह गरेर एमालेसँग मिलेर मुख्यमन्त्री पद पाएका कार्कीले अहिले आएर एमालेको हैसयत र औकात बुझेका छन् ।

नेता शेखर कोइराला निकट मानिने कार्कीलाई राजीनामा दिने वा मध्यावधि चुनाव घोषणा गर्नेभन्दा अर्को बिकल्प छैन ।

कांग्रेसभित्र विद्रोह गरेका कार्कीलाई अहिले कांग्रेसको साथ चाहिएको छ । कार्की एक्लिएका छन् । एमालेले सडकमा ल्याइदिएको छ ।

एमालेका अध्यक्ष ओलीसँग नियमित भेटघाट गर्दै आएका शेखरलाई कोशी प्रदेशमा कार्कीलाई उकासेर विद्रोह गरेकोमा फल मिलेको छ । कोशी प्रदेशमा ओलीसँग मिलेर शेखर र कार्कीले गरेको विद्रोह नै तत्कालीन कांग्रेस–माओवादी गठबन्धन भत्किने बीउ राेपिएको थियो । त्यसपछि राष्ट्रिय सभा निर्वाचनमा शेखर र कार्कीले अन्तर्घात गरेर गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार बनेकी माओवादी नेतृलाई हराइदिएर एमालेका उम्मेदवारलाई जिताइदिएका थिए ।

कांग्रेसको सरकार विश्वासको मत लिन पटक पटक असफल भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन समयमा कोशी प्रदेश सरकारका बारेमा उचित निर्णय लिएका थिए । देउवाले कोशीको सरकार बनाउन माओवादीलाइ दिएका थिए ।

कांग्रेसभित्र ओलीले कोशीबाट खेल्न शुरु गरेका थिए । ओलीले आफ्नो शिकार शेखर र कार्कीलाई बनाए । शेखर र कार्कीलाई प्रयोग गरेर ओली केन्द्रीय राजनीतिमा हाबी पनि भए । कांग्रेस र माओवादीको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाए । कांग्रेस प्रतिपक्षमा पुग्यो ।

ओलीको रणनीति शेखरले बुझ्नै सकेनन् । शेखरले कार्कीलाई विद्रोह गर्न पात्र तयार पारे । कार्कीको विद्रोहले कांग्रेसभित्र ठूलो कलह पैदा गरिदियो ।

कोशीमा विद्रोह गरेर शेखरले कांग्रेसमा कब्जाको रणनीतिको योजना बनाउन थाले । शेखरलाई सभापति देउवाबाट भन्दा पनि महामन्त्री गगनकुमार थापाबाट असहयोग र अबरोध हुन्छ भन्ने विश्लेषण गर्न सकेनन् ।

शेखरलाई अहिले आएर ओलीको योजना के रहेछ भन्ने थाहा भएको हुन सक्छ । शेखरको अझै पनि बुद्धि आएको छैन कि ? प्रश्न उठेको छ । तैपनि ओलीसँग शेखर नियमित भेटघाटमा छन् । गोप्य रुपमा बेलाबेला बालकोटमा भेट्न पुग्छन् ।

तत्कालीन कांग्रेस–माओवादी गठबन्धनले कोशीमा माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध कार्कीले ८ सांसदसहित विद्रोह गरी एमालेको समर्थनमा सरकार बनाएका थिए ।

पछि कार्कीलाई कांग्रेसका २९ जना नै सांसदले विश्वासको मत दिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पनि विश्वासको मत दिएको थियो ।

अहिले गठबन्धन फेरिएको छ । एमाले–माओवादीका प्रदेश सभा सदस्यले एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन हुन सक्ने आधारसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् 

Published : Tuesday, 2024 April 9, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया