तरुणहरूद्वारा अध्यक्ष गुरुङलाई १० लाख हस्तान्तरण

काठमाडौं । नेपाल तरण दलको भवन निर्माणका लागि १० लाखभन्दा धेरै रकम अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार काठमाडौंमा अध्यक्ष गुरुङलाई ५ जना केन्द्रीय सदस्यहरूले रकम हस्तान्तरण गरेका हुन् ।

सुजन घिमिरेले २ लाख, दीपेन्द्र खड्काले २ लाख २२ हजार २ सय २२ रुपियाँ, सरिन घिमिरेले २ लाख, सौरव केसीले २ लाख र कुलध्वज तामाङले २ लाख रुपियाँ अध्यक्ष गुरुङलाई हस्तन्तरण गरिसकेका छन् ।

अध्यक्ष गुरुङले केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर तरुण दलको केन्द्रीय कार्यालय रहेको काठमाडौंको रविभवनमा नयाँ भवन बनाउन लागेका छन् ।

भवन बनाउनका लागि तरुणहरूले धमाधम आर्थिक सहयोग संकलन गरिरहेका छन् । केही रकम जम्मा हुनेवित्तिकै भवनको शिलान्यास हुनेछ ।

Published : Tuesday, 2024 April 9, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया