संसदीय समितिको बैठकहरूमा सांसदलाई नियमित उपस्थित रहन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसदका समितिहरूको बैठकमा नियमित रुपमा भाग लिन निर्देशन दिएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले सांसदहरूलाई समितिको बैठकहरूमा अनिर्वाय उपस्थित रहन निर्देशन दिएको हो ।

‘संघीय संसदका समितिहरूमा महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेका छन् । समितिमा रहेका माननीय सदस्यहरूलाई आफू सम्बन्धित समितिको बैठकमा अनिवार्य रुपले उपस्थित हुन, विधेयक लगायत समितिमा छलफलमा रहेका विषयमा भाग लिन र जिम्मेवार एवं प्रभावकारी रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएको छ । माग पूरा नभएमा कांग्रेसले संसद बैठकदेखि अन्य कामकारबाही अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

Published : Tuesday, 2024 April 9, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया