संसदीय समिति बन्यो भन्ने सबैभन्दा ठूलो झट्का रविलाई भन्दा एमालेलाई लाग्छ, सिटौलाको खुलासा

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारीको विषय कांग्रेसले उठाए आक्रोशितहरूले कांग्रेसका कार्यकर्तासम्मै आक्रमण गर्ने बताएका छन् ।

नेता सिटौलाले कांग्रेसले संसदमा सहकारीको विषय उठाएको कुरा एमालेलाई पनि मन नपरेको बताए । सिटौलाले सहकारीमा एमालेको ठूलो सञ्जाल भएको भएको बताए ।

‘तलबाट हाम्रा कार्यकर्तामाथि आक्रमण हुन्छ । सहकारी प्रकरणमा एमालेहरू झन् धेरै जोडिन्छन्’, नेता सिटौलाले बैठकमा भने, ‘यो विषय उठाउँदा संगठित रूपमा हाम्रा कार्यकर्तासम्म प्रहार गर्छन् ।’

सिटौलाले सहकारीमा सबैभन्दा ठूलो सञ्जाल एमालेको भएको बताए । एमालेले सत्तासँगै रवि लामिछाने र उनको पार्टीलाई जोगाउनेभन्दा आफूमाथि छानबिन नहोस् भनेर सतर्क भएको सिटौलाले बताएका छन् ।

एमालेका नेता कार्यकर्ताहरूको नेतृत्वमा देशभरि हजारौँ सहकारी छन् । ती सहकारीमा अर्बौं रकम घोटाला भएका छन् । सहकारीको रकम अपचलन र ठगीबारे संसदीय छानविन समिति गठन भयो भने सबैभन्दा ठूलो क्षति एमालेलाई हुनेछ ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका एमालेका नेता देवकुमार नेपाली सहकारीको अर्बौं रकम ठगी गरेर विगत एक वर्षदेखि फरार छन् । नेपालीलाई पक्राउ गर्न रेड नोटिस जारी भएको छ । नेपाली पक्राउ पर्न सकेका छैनन् ।

एमालेले सहकारी आन्दोलन नै चलाएको थियो । सहकारी आन्दोलनको नेता केशव बडाल हुन् । सहकारीको अर्बौं रकम ठगीका कुरा उठ्दा पनि एमालेका नेता बडाल चुपचाप छन् ।

Published : Tuesday, 2024 April 9, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया