प्रधानमन्त्री सरकारको मुखिया हो, उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुनिदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनभन्दा तल झर्न नसक्ने जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्द कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीको कुरा सन्न आवश्यक नरहेको बताए ।

लेखकले भने, ‘हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री यो सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन किन सुन्ने ?’

उनले कांग्रेसले संसदीय छानबिन समिति गठनबेगर गृहमन्त्रीको कुरा नसुन्ने बताए ।

Published : Tuesday, 2024 April 9, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया