कांग्रेस सांसद पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय

काठामडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार बिहान नयाँ बानेश्वरस्ति संसद भवनमा बसेको संसदीय दल कार्यसमिति बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

पुडासैनीले उपाध्यक्षमा जित्ने सम्भावना निकै कम छ । तर, कांग्रेसले एमाले र माओवादी केन्द्रलाई सहज रुपमा उपाध्यक्ष पद नदिने रणनीति अन्तर्गत सांसद पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Published : Tuesday, 2024 April 9, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया