भवन निर्माणका लागि अध्यक्ष गुरुङलाई १० लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको नयाँ भवन बनाउनका लागि १० लाखभन्दा धेरै आर्थिक सहयोग गरिएको छ ।

आइतबार काठमाडौंमा अध्यक्ष विद्वान गुरुङलाई ५ जना केन्द्रीय सदस्यहरूले १० लाख ३८ हजार ३ सय २७ रुपियाँ रकम प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गुरुङले आर्थिक सहयोगलाई सह्रानीय कार्यभन्दै धन्यवाद दिएका छन् ।

केन्द्रीय सदस्य रमेश गौतमले २ लाख ६० हजार १ सय ५ रुपियाँ, केन्द्रीय सदस्य नवीन राईले २ लाख ५५ हजार, केन्द्रीय सदस्य सरोजबहादुर शाहीले २ लाख ११ हजार १ सय ११ रुपियाँ, केन्द्रीय सदस्य रत्न महर्जनले २ लाख १ हजार तथा केन्द्रीय सदस्य रीता परियारले १ लाख ११ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गरेको तरुण दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको कालीमाटी नजिकै रविभवनमा रहेको नेपाल तरुण दलको जग्गामा केन्द्रीय कार्यालय बनाउने निर्णय भएको छ ।

Published : Tuesday, 2024 April 9, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया