कांग्रेस नेता डा.शशांक कोइरालासहितका नेताहरू उत्तरप्रदेशमा, देवीपाटनको पूजा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले भारतको उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटनको मन्दिरमा पूजा गरेका छन् ।
आइतबार बिहान दाङको कोइलाबास नाका हुँदै नेता कोइराला तुलसीपुर पुगेर देवीपाटनको पूजा गरेका हुन् । नेता डा.कोइरालासँगै केन्द्रीय सदस्यहरू दीपक गिरी, योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता किरणकिशोर घिमिरे, महिला नेतृ गिरिजा न्यौपाने, नेता पवन आचार्य लगायतका नेताहरू तुलसीपुर पाटन पुगेका थिए ।
देवीपाटन मन्दिर मठका मठाधीश मिथिलेशकुमार नाथसँग पनि डा.कोइरालासहितका नेताहरूले भेटघाट गरेका छन् ।
तुलसीपुरको देवीपाटन मन्दिरमा दाङको घोराही उप–महानगरपालिका वडा नं. १७ चौघेरामा रहेको गोरक्ष रत्ननाथ मन्दिरबाट देउवा लैजाने परम्परा छ । देवीपाटन र गोरक्ष रत्ननाथ मन्दिरबीच पौराणिक सम्बन्ध रहेको छ । गोरक्ष रत्ननाथ बाबाको मूर्ति अर्थात् देउवालाई दुई दिन अगाडि देवीपाटन लगिएको छ ।
चौघेराको गोरक्ष रत्ननाथ मन्दिर र उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटन मन्दिरको सदियौँ पुरानो सम्बन्ध रहेको छ । प्रत्येक वर्ष गोरक्ष रत्ननाथ बाबाको मन्दिरबाट देवता पाटन लैजाने गरिन्छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया