सभापति देउवाद्वारा इलाम तथा बझाङमा कमाण्डर खटाए

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि केन्द्रबाट चुनाव परिचालन संयोजक बनाएको छ ।

कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजक बनाएको छ । बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई कांग्रेसले संयोजक बनाएको महामन्त्री शर्माले बताएका छन् ।

इलाम र बझाङमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन चुनावी प्रचार अभियान प्रभावकारी बनाउने सभापति शेरबहादुर देउवाले संयोजक बनाएका हुन् । वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।

कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । बझाङ प्रदेश सभा १ मा अभिषेक सिंह उम्मेदवार बनेका छन् ।

Published : Sunday, 2024 April 7, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया