सभापति देउवाद्वारा इलाम तथा बझाङमा कमाण्डर खटाए
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि केन्द्रबाट चुनाव परिचालन संयोजक बनाएको छ ।
कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजक बनाएको छ । बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई कांग्रेसले संयोजक बनाएको महामन्त्री शर्माले बताएका छन् ।
इलाम र बझाङमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन चुनावी प्रचार अभियान प्रभावकारी बनाउने सभापति शेरबहादुर देउवाले संयोजक बनाएका हुन् । वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।
कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । बझाङ प्रदेश सभा १ मा अभिषेक सिंह उम्मेदवार बनेका छन् ।
Published : Sunday, 2024 April 7, 1:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया