कांग्रेसबाट इलाम २ मा खड्का, बझाङमा सिंहको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारहरूले उपनिर्वाचनका लागि इलाम र बुझाङ जिल्लामा मनोनयन दर्ता गराएका छन् ।

शनिबार इलाम–२ को उपनिर्वाचनमा कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्काले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
इलाम कांग्रेसको सभापति समेत रहेका खड्काले समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

४८ वर्षीय खड्का गत वर्ष मंसिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए । त्यतिबेला एमालेका सुवासचन्द्र नेम्वाङ ११४ मतले पराजित भएका थिए ।

एमालेका नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । खड्काले २९ हजार ९०६ मत पाएका थिए ।
उता, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहको उम्मेदवारी दर्ता गराएका छन् ।

Published : Saturday, 2024 April 6, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया