आठ एसपी र दुई डीएसपीको पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका ८ एसपीहरूलाई पदस्थापना गरिएको छ ।

शुक्रबार हेडक्वाटरले जारी गरेको सूचनाअनुसार एसपी ढकेन्द्र खतिवडालाई प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगर (काज प्रहरी प्रधान कार्यालाय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय बजेट शाखा), एसपी अंगुर जिसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान कार्यालय शाखा, एसपी यादव ढकाललाई प्रदेश प्रहरी कार्यालय पोखरा अपराध अनुसन्धान शाखा पोखरामा पदस्थापना भएको छ ।

एसपी सन्तोष तामाङलाई कर्णाली प्रदेश प्रहरी कार्यालय मावनश्रोत व्यवस्थापन महाशाखा सुर्खेत (काज प्रधान कार्यालय मानवश्रोत विकास विभाग तालिम शाखा नक्साल), एसपी श्यामबाबु ओलियालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्था धनगढी (काज राष्ट्रिय सुरक्षा परिषदको कार्यालय सचिवालय सिंहदरबार)मा पदस्थापना भएको छ ।

एसपी निरन्जनदत्त भट्टलाई प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, एसपी राजन लिम्बुलाई प्रदेश प्रहरी वीरेन्द्रनगर आर्थिक प्रशासन (काज प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल) र विनोद घिमिरेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङमा पदस्थापना भएको छ ।

त्यसैगरी, हेडक्वाटरले दुई जना डीएसपीको पनि पदस्थापना गरेको छ । डीएसपी नारायण रञ्जितकारको प्रहरी विद्यालय साँगा र डीएसपी दिनेश घिमिरेको नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा पदस्थापना भएको छ ।

Published : Friday, 2024 April 5, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया