१६ एसपीको सरुवा, गृहमन्त्री र आइजीपीले केहीलाई काम गर्ने मौका नदिएर घोर अन्या गरे

काठमाडौं । नेपाली प्रहरीका केही एसपीहरूलाई सरुवा भएको २ महिना नपुग्दै पुनः सरुवा गरिएको छ ।

गृहमन्त्री रवि लामिछाने र आइजीपी बसन्तबहादुर कुँवर मिलेर एसपीहरूको सरुवा गरेका हुन् । बारा, रौतहट, महोत्तरी, नुवाकोट, धनुषा, सर्लाही र बाँके जिल्लाका एसपीहरूलाई सरुवा भएको छोटो समयभित्र सरुवा गरिएको छ । ती एसपीहरूलाई पूर्वाग्रही भएर गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले सरुवा गरेको आरोप छ ।

केही एसपी जिल्लाको इन्चार्ज भएर गएको २ महिना पनि पुगेको थिएन । ती एसपीहरूले प्रारम्भमा राम्रो काम गरिरहेका थिए । उनीहरूले कार्यसम्पादन राम्रो गरिरहेकै बेला गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले सरुवा गरिदिएपछि प्रहरीभित्र मनोवल कमजोर हुन थालेको छ ।

गृहमन्त्री लामिछानेको आदेशपछि आइजीपी कुँवरले १६ जना एसपीहरूको सरुवा गरेका छन् । सरुवामा पर्नेहरूमा केही एसपीहरूलाई निकै अन्याय भएको छ ।

एसपी महेन्द्र खड्कालाई जिल्ला प्रहरी कार्यालय बारा, एसपी दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय रौतहट, एसपी नकुल पोखरेललाई जिल्ला प्रहरी कार्यालय महोत्तरी, एसपी भुवनेश्वर तिवारीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा भएको छ ।

एसपी तुलबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय बाँके र एसपी दयानिधि ज्ञवालीलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौंमा सरुवा गरिएको शुक्रबार राति जारी सूचनामा उल्लेख छ ।

एसपी शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय नुवाकोट, एसपी श्यामकुमार महतोलाई प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखा, एसपी अनुपम श्रेष्ठलाई प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा भएको छ ।

एसपी सञ्जयसिंह थापालाई मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्धक महाशाखा जनकपुर, एसपी सुवासचन्द्र बोहरालाई मधेश प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा जनकपुरमा सरुवा भएको छ ।

एसपी मित्रबन्धु शर्मालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगञ्ज, एसपी श्यामकुमार राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, एसपी महेन्द्रकुमार श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी (काज प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय) र एसपी सुरेशप्रसाद काफ्लेलाई प्रदेश कार्यालय सुर्खेत, अपराध अनुसन्धान शाखा (हाल नेपालगञ्ज)मा सरुवा भएको छ ।

Published : Friday, 2024 April 5, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया