दाङ– १ को क्षेत्रीय सम्मेलन शनिबार, डा.कोइरालाले सम्बोधन गर्ने

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनको नेता डा.शशांक कोइरालाले उदघाटन गर्ने भएका छन् ।

देउखुरीको लमहीमा चैत २४ गते शनिबार बिहान ११ बजे दोस्रो क्षेत्रीय सम्मेलन हुन लागेको छ । सम्मेलनको उदघाटन र सम्बोधन गर्न नेता डा.कोइराला आउन लागेको क्षेत्रीय सभापति भेषराज पाण्डेले बताएका छन् ।

सम्मेलनमा सहभागी हुन पार्टीका कार्यकर्ता, शुभेच्छुक संघ, संस्था, भ्रातृ संस्थालाई सभापति पाण्डेले आग्रह गरेका छन् ।

कार्यक्रम बिहान ११ बजे लमही नगरपालिकाको सभा हलमा हुने भएको छ ।

Published : Friday, 2024 April 5, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया