चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर इलाममा खड्का र बझाङमा सिंहलाई विजयी बनाउन आह्वान
काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेको छ ।
बिहीबार कांग्रेसद्वारा जारीमा चुनाव चिन्ह रुखमा मतदान गरेर इलाम २ मा डम्बरबहादुर खड्का र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा अभिषेकबहादुर सिंहलाई विजयी बनाउन अपील गरिएको छ ।
‘उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई ‘रूख’ चिन्हमा अत्यधिक मत साथ विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ साल वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(८) बमोजिम डम्बरबहादुर खड्कालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको थियो ।
बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को लागि विधानको धारा ३२ (७) बमोजिम अभिषेकबहादुर सिंहलाई प्रदेश सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० चैत २२ गते बसेको बैठकको निर्णयलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया