इलाम २ र बझाङ प्रदेश सभा १ मा कांग्रेसले उचित नेताहरूलाई टिकट दियो
काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फको उपनिर्वाचनका लागि जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई टिकट दिने निर्णय गरेको हो ।
बझाङ जिल्लामा प्रदेश सभा क्षेत्र नं. १ को उपनिर्वाचनमा कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश सभा १ मा उपनिर्वाचन हुन लागेको छ । सभापति देउवाले खड्का र सिंहको नाम प्रस्ताव गरेपछि बैठकले सहमति जनाएको छ ।
सभापति देउवाले आफ्नै निवासमा टिकटका आकांक्षीहरूसँग छलफल गरेका थिए । उनीहरूसँगको परामर्श र सुझावपछि देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेश सभा १ मा सिंहलाई टिकट दिन प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावलाई संसदीय बोर्डले अनुमोदन गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया