इलाम २ र बझाङ प्रदेश सभा १ मा कांग्रेसले उचित नेताहरूलाई टिकट दियो

काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फको उपनिर्वाचनका लागि जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई टिकट दिने निर्णय गरेको हो ।

बझाङ जिल्लामा प्रदेश सभा क्षेत्र नं. १ को उपनिर्वाचनमा कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश सभा १ मा उपनिर्वाचन हुन लागेको छ । सभापति देउवाले खड्का र सिंहको नाम प्रस्ताव गरेपछि बैठकले सहमति जनाएको छ ।

सभापति देउवाले आफ्नै निवासमा टिकटका आकांक्षीहरूसँग छलफल गरेका थिए । उनीहरूसँगको परामर्श र सुझावपछि देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेश सभा १ मा सिंहलाई टिकट दिन प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावलाई संसदीय बोर्डले अनुमोदन गरेको छ ।

Published : Thursday, 2024 April 4, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया