गृहमन्त्री लामिछानेकै पत्नी, उपसभापति सहकारी ठगीमा, काण्डबारे के भन्छन् सभापति खतिवडा ?

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारीको रकम अपचलन गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछाने आफै समितिको बैठकमा आएर बसेको बताएका छन् ।

बिहीबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सभापति खतिवडाले चैत १४ गते बसेको समितिको बैठकमा गृह सचिव र आइजीपीलाई मात्रै बोलाएको बताए । सहकारीको रकम ठगी प्रकरणमा समितिले के के निर्देशन दिन्छ कि भनेर डराएर गृहमन्त्री लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख (एसपी) मोहन थापालाई लिएर आएको खतिवडाले बताए ।

खतिवडाले भने, ‘समितिको बैठक १४ गते बोलाएका थियौँ । त्यसमा गृहसचिव र आइजीपीलाई निमन्त्रणा गरेका थियौं । वर्तमान अवस्थामा गृहमन्त्रालयमा भइरहेका कामकारबाही कसरी अगाडि बढेका छन् ।’

‘नेपालको संविधानअनुसार त्यतिखेर विनोद चौधरीलाई एउटा पत्र सीआइबीले काट्यो । संविधानअनुसार संसद चलिरहेको बेलामा कुनै अनुसन्धान भइराखेको छ भनेर पत्र पठाउनु कहिँ उल्लेख गर्दैन । संसद सचिवालय पनि त्यसै दिन त्यो कुरालाई संविधान विपरित भयो, आजसम्मभन्दा परम्परा बाहिर गयो भन्ने परम्पराको पत्र पठाएर प्रवक्ताले त्यो कुराको जानकारी गराउनुभएको थियो’, उनले भने ।

‘नेपालमा एउटा मात्र संसदलाई निगरानीमा राखेर त्यो पत्र लेखिएको थियो कि अरु पनि गरिन्छ ? यस्तो नभएको प्रचलन गृह मन्त्रालयले किन सुरुवात ग¥यो ? त्यति मात्रै होइन गृह मन्त्रालय अलिक चिप हुन थाल्यो’, उनले भने, ‘कतिपय मुद्दामा जुन अनुसन्धान प्रक्रियामा छन् ती कुरा बाहिर सार्वजनिक गरिदैन ।’

‘कतिपय गोप्य कुरा यस्ता हुन्छन् गृह मन्त्रालयसँग, परराष्ट्र मन्त्रालयसँग, रक्षा मन्त्रालयसँग, अर्थ मन्त्रालयसँग जुन कुराहरू शुरुमा लिक आउट गरियो भने त्यसको असर अर्को पर्न सक्छ’, खतिवडाले भने, ‘अपराधीहरूलाई पहिलाबाटै समात्न पहिलाबाटै सूचना जारी गर्ने पद्धति ठीक होइन । पहिलो चोटी गृहमन्त्री हुँदा पनि मैले यो कुरा संसदमा रविजी नै हुँदा उठाएको थिएँ । मन्त्री भएपछि फेसबुकबाट निर्देशन दिने प्रचलनको सुरुवात भयो ।’

उनले भने, ‘गृहमन्त्री जस्तो मान्छेले तपाईहरू कहाँ हो ? म भिड्न आउँछु, टुडीखेलमा भिड्ने, यति नम्बर क्षेत्रमा भन्न थाल्नुभयो । अलिकता अराजकता भयो कि ? असंहिष्णुता भयो कि ? गृह मन्त्रालय जसरी प्रस्तुत हुनुपर्ने त्यो भएन कि ? त्यहिँ देखिहाल्नुभयो अघिल्लो दिन ठूलो माछा हामीले समात्यौँ भन्नुभयो, भोलिपल्ट मानवीय समवेदना देखार छाड्यौँ भनेर अर्को कुराहरू गर्न थालियो ।’

‘रवि लामिछानेलाई पत्र काटिएको पनि थिएन । बोलाइएको पनि थिएन । तर, आउनुभयो । आएपछि पदेन सदस्य छिटै जान्छु पनि भन्नुभएको थियो’, सभापति खतिवडाले भने ।

‘सबै माननीयज्यूहरूले बोल्न थाल्नुभयो । प्रश्नहरू उठे । त्यसपछि उहाँले म बोल्छु भन्न थाल्नुभयो’, उनले भने ।

‘आइजीपीलाई बोलाइसकेपछि फेरि उहाँले कानेखुसी गर्न थाल्नुभयो । त्यसपछि आइजीपी बोलेर गृहमन्त्री दोषी छैनन् भन्नुभयो । मैले तपाईलाई यो विषयमा प्रवेश नगर्नुस् भनेर आइजीपीलाई त्यस बेला पनि भनेको थिएँ’, सभापति खतिवडाले भने ।

‘हुँदा त्यसबेला पोखराको एसपीलाई लिएर आउनुभए छ । उहाँलाई के भ्रम परे छभने त्यस दिन चाहिँ सहकारीको विषयमा छलफल हुन्छ । अब यहाँ कुनै निर्देशन जारी हुन्छ । आफ्ठ्यारो हुन्छ भनेर पोखराको एसपीसम्मलाई बोलाएर लिएर उपस्थित हुनु भएको थियो । एसपी मोहन थापालाई आइजीपीले उहाँ बोल्नु हुन्छ उहाँलाई थाहा छ भन्नु भयो । मैले अनुमति पनि दिएन । र, उहाँ बोल्नु पनि भएन’, खतिवडाले भने ।

‘उहाँ (रवि लामिछाने)लाई कसैले रेड कार्पेट ओछ्याएको पनि होइन । कसैले बोलाएको पनि होइन’, खतिवडाले भने, ‘तर, एउटा गल्ती के भयो भने उहाँले आफ्नो मातहतको प्रहरी महानिरीक्षकलाई निर्देशन दिए जसो गरी यो सफा छ, यो इमान्दार छ, निर्देष छ, यो दागी छैन भन्ने जुन गराउन खोज्नुभयो त्यसप्रति त्यसपछि झन् शङ्क हुन थाल्यो ।’

खतिवडाले भने, ‘न सभापतिले यसलाई बोला भनेको हो । न रातो कार्पेट बिछ्याउन भनेको हो ।’

‘कांग्रेसको स्ट्याण्ड तपाईले देख्नुभयो । हामीले सुरुमै कसलाई दोषी भनेर प्रमाणित गरेका छैनौँ । हामी असंसदीय राजनीति, ढुङ्गामुडा, लाठी हान्ने काम गर्दैनौं । हामी संयतापूर्वक कुरा राख्छौँ’, उनले भने ।

‘हामी उग्रावादमा विश्वास पनि गर्दैनौं । सबैलाई प्रजातान्त्रिक पद्धतिमा, कानूनी पद्धतिमा ल्याउने पार्टी हौं । सबैको नेतृत्व गरेको पार्टीले उग्रता प्रदर्शन गर्नु पनि हुँदैन’, सभापति खतिवडाले भने ।

‘कांग्रेस यूर्टन पनि भएको छैन । अगाडि पछाडि पनि गएको छैन । जुन बाटोमा छ त्यही हो । हामीले शुरुमा भन्यौँ’, उनले भने, ‘गृहमन्त्रीका बारेमा केही कुरा आउन थाले । पार्टी नै मुछिन थाल्यो । पहिला त गृहमन्त्रीको मात्रै कुरा आएको थियो । ग्यालेक्सी टेलिभिजनको मात्रै कुरा आयो । अहिले त श्रीमती, उहाँको उपसभापति, उहाँको सहमहामन्त्री, के के पार्टी नै सहकारीबाट पो चलेको रहेछ । अहिले पो थाहा हुन थाल्यो ।’

Published : Thursday, 2024 April 4, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया