प्रचण्डले ठूला माछालाई काखी च्यापेर साना माछा खोजेको कांग्रेसको आरोप, को हो ठूलो माछा ?
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Sanjaya-Gautam-2.jpg?resize=810%2C496&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला माछालाई काखी च्यापेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले भने, ‘प्रधानमन्त्रीज्यूले ठूलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुरा प्रतिवद्धता मात्रै देखाएर पुग्छ ? गम्भीर प्रश्न उठाएका छौँ ।’
कांग्रेसका सांसद गौतमले भने, ‘हामी चाहन्छौँ संसदीय छानविन समिति बनोस् ।’ सहकारीको रकम अपचलन गरेर ठगीमा संलग्न रहेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री दाहालले संरक्षण गरेको उनको आक्षेप थियो ।
‘प्रमुख प्रतिपक्षले उठाइरहेका कुराहरू गम्भीर छन् । गम्भीर प्रकृतिका छन्’, उनले भने, ‘प्रधानमन्त्रीको जवाफ । प्रहरी प्रमुखको जवाफ । र, विकसित घटना क्रमहरूले एउटा संशय पैदा भएको छ । यसको न्याय निरुपण कसरी हुन्छ ?’
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200&ssl=1)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया