प्रचण्डकै अगाडि ओलीद्वारा देउवालाई भव्य स्वागत, मनमा चिसो पस्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगाडि एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निकै असल व्यवहार देखाएका छन् ।

शनिबार बालुवाटारमा बसेको तीन शीर्ष नेताहरूको बैठकमा ओलीले देउवालाई निकै राम्रोसँग स्वागत गरेका छन् । अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमा सभापति देउवालाई स्वागत गरेको तस्बिर राखेका छन् ।

सभापति देउवा र अध्यक्ष ओलीले हात मिलाउँदा दुबैले एकअर्कालाई निकै खुसीका साथ हेरेका छन् । दुबै शीर्ष नेता मुस्कुराएका छन् ।

अर्को कुनामा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल चुपचाप हेरेर बसेका छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काउन भूमिका खेलेका ओलीले अहिले आएर सभापति देउवालाई आफूसँग नजिक बनाउने प्रयास गरेका छन् । ओलीका सार्वजनिक अभिव्यक्तिहरू नयाँ गठबन्धनहरूविरुद्ध आइरहेका छन् ।

उपनिर्वाचनमा पनि ओलीले गठबन्धनभित्र छलफल नै नगरेर इलाम र बझाङमा एमालेका उम्मेदवारहरूको घोषणा गरिदिएका छन् ।

ओलीले नयाँ गठबन्धनलाई खासै महत्व नदिएको चर्चा भइरहेका बेला ओलीले देउवालाई प्रधानमन्त्री दाहालकै अगाडि भव्य स्वागत गरेपछि माओवादी दाहालको मनमा चिसो पसेको छ ।

Published : Saturday, 2024 March 30, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया