प्रचण्ड र ओलीद्वारा सभापति देउवासँग परामर्श, यी विषयमा भयो छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीले सम्वाद गरेका छन् ।

शनिबार बालुवाटारमा तीन शीर्ष नेताहरूका बीच संवैधानिक निकायको नियुक्तिका विषयमा छलफल भएको हो । छलफल भएको विषयमा केही भनिएको छैन ।

विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति गर्नुपर्नेछ । राष्ट्रिय सभामा एकजना सदस्य मनोनीत गर्नुपर्नेछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभामा एक पद मनोनयन गर्न बाँकी छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रले आफ्नोतर्फबाट मनोनयन गर्न खोजेको छ । एमालेलाई इलामको उपचुनावमा सहयोग गरेर राष्ट्रिय सभाको सदस्य लिन लागेको चर्चा छ ।

तीन शीर्ष नेताहरूका बीच छलफल भए पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई बोलाइएको छैन । ओली रिसाउने भएका कारण नेपाललाई ३ शीर्ष नेताहरूको बैठकमा नबोलाएको हुन सक्ने स्रोतको भनाइ छ ।

Published : Saturday, 2024 March 30, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया