तरुण दलको नयाँ भवन बनाउने निर्णय, सबै केन्द्रीय सदस्यबाट ४७ लाख उठ्यो

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यालयको भवन बनाउने निर्णय गरेको छ ।

ललितपुरको कुपण्डोलमा चैतको १५ र १६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १३ रविभवनमा केन्द्रीय कार्यालयको भनयाँ भवन बनाउने निर्णय गरेको हो ।

बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको यस बैठक नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन काठमाडौं महानगरपालिका वडा नं. १३ रविभवनमा निर्माण गर्ने यस बैठक निणर्य गर्दछ ।’

‘भवन निर्माणका लागि भवन निर्माण उप–समिति गठन गरिनेछ’, तरुण दलका अध्यक्ष विद्वान गुरुले भने, ‘भवन निर्माणमा नेपाल तरुण दलका केन्द्रीय समिति, जिल्ला समिति लगायत सबै तरुण नेता साथीहरूसंग आर्थिक र भौतिक सहयोगको लागि आग्रह गर्ने यस बैठक निणर्य गर्दछ ।’

‘नेपाल तरूण दल केन्द्रीय कार्य समितिका सबै सदस्यज्यूहरूबाट नियमित मासिक सहयोग १ हजार उठाउने सर्वसम्मत निणर्य यस बैठक गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल तरुण दलको केन्द्रीय कार्यलय भवन निर्माणका लागि आज तरुण दलका केन्द्रीय सदस्य साथीहरूबाट रू. ४७ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ’, अध्यक्ष गुरुङले भने ।

तरुण दलले रविभवनमा रहेको केन्द्रीय कार्यालयको पुरानो भवनलाई भत्काएर नयाँ भवन बनाउनेछ ।

Published : Saturday, 2024 March 30, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया