नेविसंघका नयाँ र पुराना ‘भेट्रान’ नेताहरूको अबैध असुलीको धन्दा मौलायो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केही शीर्ष नेताहरू बिचौलिया र उठ्तीपुठ्तीमा लागेको आरोप छ ।

नेविसंघका बहालवाला र पूर्वनेताहरूले कर्मचारीको आकर्षक स्थानमा सरुवा मिलाइने बहानाका साथै विभिन्न निजी विद्यालय र कलेजलाई धम्काएर रकम उठाउने लगायतका धन्दा गरिरहेको आरोप छ ।

विद्यालय र कलेजहरूमा अब नयाँ भर्ना सुरु हुन लागेको छ । यौ मौका छोपेर ती विद्यार्थी नेताहरूले आफ्नो धन्दाहरू शुरु गर्न थालिसकेका छन् ।

नेविसंघका केही नेताहरूले नेपाली कांग्रेसका शीर्ष नेताहरूको नाम लिएर धम्काउने गरेको चर्चा छ । नेविसंघका वर्तमान भेट्रान नेता र पूर्वपदाधिकारीहरूले केही व्यापारीहरूलाई समेत धम्काएर दुःख दिएका छन् । ती व्यापारीहरूले छिट्टै नेपाली कांग्रेसको मुख्यालय सानेपासँग न्याय माग्ने तयारी गरेका छन् ।

नेविसंघका नेताहरूको धम्कीबाट निजी विद्यालय र कलेजहरू तनाबमा परेका छन् । नेविसंघका शीर्ष नेता र केही पूर्वपदाधिकारीहरूको धम्की आउन थालेपछि पीडितहरूले नेपाली कांग्रेसको नेतृत्वसम्म पुगेर गुनासो गर्ने पक्षमा छन् ।

लुम्बिनी प्रदेशतिर घर भएका नेविसंघका एकजना केन्द्रीय सदस्यले विभिन्न व्यक्तिहरूलाई दुःख दिएका छन् । उनको गलत कार्यहरूलाई नेविसंघका शीर्ष नेतृत्व र पूर्वपदाधिकारीले संरक्षण गरेका छन् । उनीहरूले कांग्रेस संस्थापनका नेताहरूको नाम भजाएर गलत कार्य गरेको चर्चा छ ।

नेविसंघका नेताहरूले गलत हर्कत र धन्दाहरू गरेपछि पीडितहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारीसम्म गुनासो गर्ने तयारी गरेका छन् । थला परेको नेविसंघका वर्तमान र पूर्वपदाधिकारीहरूका हर्कतबाट दिक्क भएकाहरूले नेविसंघलाई सुधार गराउन उजुरी गर्ने तयारी गरेका छन् ।

(बाँकी समाचार केही दिनभित्र…)

Published : Saturday, 2024 March 30, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया