संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउँछौं : सभपाति देउवा

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन् ।

शुक्रबार नेपालगञ्ज विमानस्थलमा स्वागतका लागि आएका अगुवा नेता कार्यकर्तासँग देउवाले कांग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।

उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन् । उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँगाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिएका छन् । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित रहन आग्रह गरेका छन् ।

Published : Friday, 2024 March 29, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया